न्यायको अन्त्य : भवानी तिमल्सिना न्यौपाने

Add
advertise
भवानी तिमल्सिना न्यौपाने

लघुकथा : न्यायको अन्त्य

भवानी तिमल्सिना न्यौपाने

न्यायालयको अगाडि एक्कासी कोकोहोलो हाहाकार सुनेँ । के भएको रहेछ भनि हेर्नलाई म पनि दोडेर बाहिर आएँ । सबै जनाको अनुहारमा त्रास र आक्रोस दुबै थियो । मानिसहरु यता उति भौतारीई रहेका थिए । म पनि मानिसहरुका कुरा सुन्न वरिपरि घुमिरहेकी थिएँ ।

त्यहाँ निर्मला र गीता पनि टुप्लुक्क आईपुगे । उनीहरुलाई देखेर म पनि उनिहरु तिरै गएँ । निर्मलाले गीतालाई सोधिन् “दिदी हजुर पनि यहाँ । गीता : हो नि हेर न धेरै भयो न्याय हराएको भेटिएकै छैन। यहाँ मानिसको कोकोहोलो सुनेँ अनि दौडिँदै आएकी नि । उसैलाई पो केही भयो कि भनेर । निर्मला : म पनि न्यायलाई नै खोज्दै हिँडेको दिदी धेरै भयो भेट्दै भेट्दिन । उसको घर ( न्यायालय ) मा पो छ कि भनेर हेर्न आएकी । एक पटक भित्रै हेर्न जाउँ न । निर्मलाले यति भनेपछि गीता र निर्मला दुबै न्यायालयको भित्रै पसे ।

त्यहाँ उनीहरुले एउटा यस्तो दृष्य देखेँ जहाँ न्यायका परिवारका केही सदस्य अट्टहाँस गरिरहेका थिएँ । कोही मौन थिए । त्यसपछि उनीहरुले यता उति आँखा डुलाए उनीहरु झसङ्ग भए जहाँ उनीहरुको नजर ठोकियो त्यहाँ सिक्रीको पासोमा न्याय झुन्डिरहेएको थियो र म पनि झल्याँस्स बिउँझिएँ ।

हेटौँडा :- ५ मकवानपुर