ललितपुर, रुकुम पूर्व र रोल्पामा जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । ललितपुर, काठमाडौं धुम्बाराही बस्ने कैलाली लम्किचुहा नगरपालिका-२ घर भएका २३ वर्षीय प्रज्वल कार्कीलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई गत असार १३ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने महानगरीय प्रहरी बृत्त सातदोबाटोमा शुक्रबार जानकारी प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले ललितपुर एकान्तकुनाबाट कार्कीलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।

Add
advertise

त्यस्तै, रोल्पामा ५७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा नगरपालिका-१ खेवासे बस्ने ३६ वर्षीय शेर बहादुर पुनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पुनले ती महिलालाई बिहीबार राति जबरजस्ती करणी गरेपछि उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

यस्तै रुकुम (पूर्व) मा २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिस्ने गाउँपालिका-८ स्यालापाखा बस्ने २४ वर्षीय देविलाल परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

परियारले भाउजु पर्ने ती महिलालाई जबरजस्ती करणी गरेको खबर पश्चात् अस्थाई प्रहरी पोष्ट धपेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

(नेपाल प्रहरी )