कालापानी, लिम्पियाधुरामा नेपालीलाई प्रवेश निशेध गर्न भारतको पत्र

everest kitchen

 

काठमाडौ । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश निशेध गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ । उसले एक पत्र लेख्दै यस्तो आग्रह गरेको हो ।

नेपालको दार्चुलासंग जोडिएको भारतको धार्चुला जिल्ला प्रशासनले नेपालको दार्चुला जिल्ला प्रशासनलाई पत्र लेख्दै गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गरेको छ ।

Add
advertise

उसले भारतमा नेपालबाट प्रवेश गर्न खाेजेकाे कार्यलाई ‘अवैध’ भनि जनाउँदै भनेको छ” विशेष सुत्रको जानकारी अनुसार नेपालबाट भारतिय भूमि गुन्जी, कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालबाट अबैध प्रवेश गर्न चाहेकाले जसको कारण मिडियाको ध्यान केन्द्रित भै नेपाल र भारतलाई सास्ती हुने भन्दै यस्तो सुचना पाए तत्काल सुचित गर्न अनुरोध गरेको छ ।

यधपी भारतको उक्त पत्रले भने जस्तै हालको अवस्थामा नेपालबाट भारत प्रवेश गर्ने कार्य अबैध नहुने स्पष्ट रहेको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल लकडाउन, वर्षायाम र विकट भूगोल भएकाले सो स्थानमा हाल आउ–जाउ नभएको बताउँछन् ।

यधपी उक्त क्षेत्र कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरि सकेको छ। भारतले भने उक्त भूभागलाई आफ्नो भनेर कब्जा गर्दै आइरहेको छ ।

केहि समयअघि हेलिकप्टरमार्फत ब्यास गाउँपालिका वडा नम्बर १ छाङ्गरु र टिङ्करमा एक–एक सय क्विन्टल चामल पुर्याइएको थियो भने गागा भन्ने स्थानमा झोलुङ्गे पुलका लागि हेलिकप्टरमार्फत् सामाग्रीहरु पुर्याइएको थियो ।

कालापानीनजिकै छाङ्गरुमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चेकपोस्ट (बीओपी) स्थापना भएपछि उक्त क्षेत्रमा चहलपहल बढदै गएको छ । सशस्त्र प्रहरीले यसअघि उक्त स्थान आसपासमा सडकको ट्र्याक खोल्ने काम भइरहेको छ भने केहि स्थानमा सुरक्षा पोष्ट थप्ने कार्य सुरु गरिएको छ ।