कोरोना अपडेट मलेसिया : आज १ जना निको हुदा ७ जना नयाँ संक्रमित थपिए

everest kitchen


क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्म ७ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२४ रहेकाे छ भने ८ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको छ ।

Add
advertise

त्यस्तै गएको २४ घण्टामा १ जना डिस्चार्ज भएपछि ८ हजार ६०१ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या ६ लाख ५२ हजार ६०२ रहेकाे छ भने संक्रमितको सङ्ख्या १ करोड ६४ लाख ४१ हजार ८१४ रहेकाे छ । १ करोड ६४ हजार ५४१ जनाले स्वास्थ्य लाभ गरेका छन ।