लाईसेन्स बनाईदिने भनी रकम माग गर्ने पक्राउ

everest kitchen


काठमाडौं । लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम माग गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भक्तपुर मध्यपुर ठिमि नगरपालिका मगरगाउँ बस्ने मुगु खत्याड गाउँपालिका-८ घर भएका २५ वर्षीय प्रेम राज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

Add
advertise

चन्द्रगिरी नगरपालिका-३ थानकोट खरिबोटमा लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम मागिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पाण्डेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।