तीन दिनसम्म लगातार बर्षाको सम्भावना

everest kitchen
उपत्यका हल्का बर्षात

काठमाडौँ । मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । देशका विभिन्न स्थानमा अबको तीन दिनसम्म मौसम बदली रही आंशिक तथा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा बबरमहल काठमाडौंले जनाएको छ ।

गए रातिदेखि न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भूभाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताए।

Add
advertise

मौसमविद्का अनुसार यस वर्ष वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिराको जोखिम बढ्न सक्ने बताएको छ ।

आज पनि उपत्यका लगायत देशभरका विभिन्न स्थानमा बर्षात भैरहेको छ।