नाजिब तुन राजाक दोषी ठहर, १२ वर्ष जेल तथा करोडौं रिंगेट जरिवाना हुने

everest kitchen

ऐजेन्सी । मलेसियाका पूर्व प्रधानमन्त्री दातुक सेरी नाजिव तुन राजाकलाई एस.आर.सी नामक अन्तर्राष्ट्रिय कोषको आरएम ४ करोड २० लाख भ्रष्टाचार अभियोगकाे मुद्दामा मलेसियाको उच्च अदालतले दोषी ठहर गरेको छ ।

शक्तिको दुरुपयोग गर्दै नाजिव तुन राजाकमाथि उच्च प्रोफाईल घोटाला  एमडीबी काण्ड सम्बन्धित सातवटा आरोपमध्ये   तीनवटा मुद्दामा दोषी ठहराइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन ।

Add
advertise

सञ्चारमाध्यमका अनुसार नाजीव तुन राजाक माथि शक्तिको दुरुपयोग, फौजदारी अभियोग उलङ्घन र पैसाको अपराध (मनी लॉन्ड्रिंग ) लगायतमा उच्च अदालत मलेसिया दोषी ठहर गरेको हो ।

उनले एक मलेसिया (वान मलेसिया) विकास बिएचडी (१एमडीबी) को सहायक एस.आर.सी इन्टरनेसनल एस.डी.एन बिएचडी मार्फत ४ करोड २० लाख रकम हिनामिना गरेको भन्दै अदालतले दोषी ठहर गरेको हो ।

दोषी ठहरपछि नाजिव तुन राजाकलाई करोडौं  नगद जरिवाना तथा १२ वर्ष कैद सजाय हुने उल्लेख गरिएको  छ ।

नाजिवको समर्थनमा उच्च अदालत अगाडि हजारौंकाे संख्यामा समर्थक भेला भएका थिए । फैसला जारी भए पछि समर्थकहरुले सडकबाट उक्त फैसलाको बिरोध गरेका छन् ।

सामाजिक संजालमा भने आम नागरिकले याे फैसलाकाे स्वागत गरेका छन् ।

नाजिवले याे फैसलालाई पुनरावेदन अदालतमा लैजाने अनुमान गरिएको छ ।

(सम्पादन गरिएको )