लघुकथा : निर्दय

everest kitchen
देवी प्रसाद थापा’मामा’

लघुकथा: निर्दय

देवी प्रसाद थापा’मामा’ 

प्रमिला र नरेन्द्रको गहिरो प्रेम थियो । उनीहरूले बिहेको पवित्र बन्धनमा बाँधिने बाचा गरिसकेका थिए ।
उनीहरू प्रत्येक दिन कहीँ न कहीँ भेट गर्थे ।
क्रम बढ्दै जाँदा एकदिन नरेन्द्र उसलाई भेट्न असमर्थ भयो ।
उसले प्रश्न गरि,”हिजो मलाई भेट्न किन आएनौ तिमी ?”
उसले उत्तर दियो,”आमा बिरामी हुनुभयो । घर छोड्न मिलेन ।”
उसले लगत्तै भनि,”मेरी पनि आमा बिरामी हुनुहुन्थ्यो । मलाई घरबाट ननिस्कनु भन्दाभन्दै पनि म निस्किएँ । लोग्नेमान्छे कति निर्दयी हुँदोरहेछ । बल्ल आज बुझेँ ।” उसले मुन्टो बटार्दै भनी।
“निर्दयी तिमी कि म ?” उसले प्रश्न गर्यो ।

मणिपुर