जागिर लगाइदिन्छु भनी ठगी

everest kitchen

काठमाडौं,।  जागिर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा सर्लाही मलंगवा नगरपालिका-८ घर भएका ४७ वर्षीय जितेन्द्र मण्डललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

Add
advertise

उच्च अदालत जनकपुर धनुषाको उपसचिव भएको र जागिर लगाईदिने भन्दै हिड्ने मण्डललाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरस्थित कल्पना होटल एण्ड गेष्ट हाउसबाट उक्त कार्यालयको नक्कली परिचयपत्र सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनााएको  छ ।