कोरोना प्रकोप : मलेसियामा आज ५ जना निको हुदा १३ जना नयाँ संक्रमित थपिए

everest kitchen
photo file

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्म १३ जना रहेकाे छ ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२४ रहेकाे छ भने ८ हजार ९५६ जनामा संक्रमण पुष्टि भएको छ ।

Add
advertise

त्यस्तै गएको २४ घण्टामा ५ जना डिस्चार्ज भएपछि ८ हजार ६१२ जनाले स्वास्थ्य लाभ गरेकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ ।