नेकपामा शक्ति सन्तुल फेरियो : मणि थापा (भिडियो सहित)

everest kitchen

विपेन उलङगे

काठमाडौं । नेकपा स्थायी समिति सदस्य मणि थापाले नेकपामा शक्ति सन्तुलन फेरिएको बताएका छन् । बुधबार एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।

नेता थापाका अनुसार बामदेब गौतमले राखेको ६ बुँदे प्रस्ताव अनुसार पार्टीमा नयाँ मोड आएको र पार्टी एकता लागि उक्त प्रस्ताव आएको उनले बताए । उनले भने ” पार्टी एकता हुदाको अवस्था जुन प्रधान (प्रिन्सिपल ) थियो, अहिले उक्त कुरा आएको छ ।

Add
advertise

मंगलबार ओली इतर स्थायी समिति बैठकमा उपस्थिति नभएका थापालाई ओली खेमामा लागेको कतिपयले तर्क गर्दै आएका थिए । यधपी उक्त विषयमा उनले प्रचण्ड र ओली पक्षमा भन्दा पनि पार्टी एकतामा लागे बताए ।

यस्तै बामदेवलाइ ओलीले कस्तो आश्वासन दिएका छन् होला भन्ने जिज्ञासा उनलेे भने ” राजनीतिमा आश्वासन हुन्छ । त्यतातिर म जान चाहान्न, त्यो कुरा उहाँ दुईजनालाई थाहा होला । तर अहिले उहाँ पार्टी एकताको लागि लाग्नु भएको हो ।