मलेशियामा अशक्त रूपमा अलपत्र नन्द कुमार लिम्बू उद्दारकाे पर्खाइमा

everest kitchen
बिरामी लिम्बू । फोटो : केशु थापा

सपना बस्याल
मलेसिया  । धनकुटा घर भई बैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा रहेका नन्द कुमार  लिम्बु असक्त र अलपत्र अवस्थामा पेनाङ्गको सरकारी अस्पताल शैयामा रहेका छन् ।

प्रवेशाज्ञा र कामदार भिसाको म्याद सकिएको लिम्बू अचानक विरामी भएका र उपचार पछि खर्च दीन नसकेका कारण अस्पतालमा नै रहन वाध्य भएका छन् । उनको देब्रे पट्टीको शरीर नचल्ने जटिल स्वास्थ्यस्थिमा छन् । पेनाङ्गस्थित नेपालीहरुलाई सहयोग गर्ने जनउद्धार केन्द्र नामक संस्थाले लिम्बुको उद्धार पहल गरीरहेको छ ।

Add
advertise

विगत ४ वर्ष देखि मलेशियामा रहेका लिम्बुको प्रवेशाज्ञा र कामदार भिसा विना नै रहेको र याे अवस्थामा नेपाल फर्काउन धेरै नै खर्च लाग्ने भएकोले उद्धार पहलमा अति सकस भएको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले बताउनु भयो । थापाका अनुसार अस्पतालमा उपचार खर्च मात्रै मलेशियन रिङ्गगिट आठ हजार रहेको र अस्पतालले उक्त खर्च तिर्न ताकेता गरीरहेको छ ।

३ हप्ता अगाडि अचानक वेहोस् भएको अवस्थामा उनलाई त्यँहाको सरकारी अस्पतालमा साथिहरुले लगेका थिए । उनको दाहिने मष्तिष्कमा ट्यूमर रहेको र त्यसले मष्तिष्कलाई दख्खल दिएको समस्या देखिएपछि शल्यक्रिया गरीएकाे कुरा उपचारमा संलग्न अस्पतालमा कार्यरत डांक्टर चिउले बताए । डा चिउका अनुसार शल्यक्रिया सफल भएको तर उन्को दाहिने मष्तिष्कमा असर परेकोले आधा शरीर नचल्ने भएकाे र उनलाई फिजियाे थेरापि र अन्य उपचारको खाचाे छ ।

४५ बर्षिय लिम्बुको १ छोरा र १ छोरी छन् ।
उपचार खर्च र नेपाल फर्कने भाडा जुटाउने असमर्थ लिम्बुलाई घर फर्काउन नेपाली दुतावास, गैर आवासिय नेपालि संघ, मलेसिया र नेपाली साथीहरुको सयुत्त पहलमा घर लैजान समन्वय गरीरहेको कुरा जन उद्धारका थापाले बताउनु भयो ।

जन उद्धार केन्द्रले लिम्बुलाई सकुशल घर फर्काउन अन्य मनकारी नेपाली नागरीकलाई पनि सहयोग गर्न अपिल गरेको छ ।