छुट्टाछुट्टै पाँच स्थानमा पाँच जना मृत अवस्थामा फेला

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । ओखलढुंगा, मोलुङ गाउँपालिका-३ प्राप्चा बस्ने ३१ वर्षीय छबि दाहाल सोही गाउँपालिका-४ स्थित मोलुङ खोलामा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

त्यसैगरी , सुनसरी बराहक्षेत्र नगरपालिका-८ तिनकुने बस्ने ७० वर्षीय गौरीमान श्रेष्ठ आफ्नै घर नजिकै रहेको पानी निकास हुने ढलमा बुधबार बिहान मृत अवस्थामा पेला परेका छन् ।

Add
advertise

मंगलबार जंगलमा गाई लिन जान्छु भनी घरबाट हिडेकोमा फर्की नआए पश्चात खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।

त्यस्तै , नवलपरासी(पूर्व) मध्यविन्दु नगरपालिका-१२ बेलहानीस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका करिब ७० वर्षीय पुरुष बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

यस्तै , पाँचथर फिदिम नगरपालिका-४ बस्ने ५१ वर्षीय जगनाथ सुवेदी सोही नगरपालिका-२ स्थित थाम्साङ खोलाबाट सिंचाईको लागि बनाइएको कुलोमा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

साथै ,कपिलवस्तु कृष्णनगर नगरपालिका-८ बहादुरगञ्ज बस्ने २७ वर्षीय आशिष कुमार गुप्ता सोही ठाउँ बहादुरगञ्जस्थित अक्सफोर्ड बोडिङ स्कुलको कोठामा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

यी सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ ।