मलेसिया प्रवेश गर्नेले व्यक्तिगत खर्चमा १४ दिन अनिवार्य सरकारले तोकेको क्वारेन्टाइन बस्नुपर्ने

everest kitchen


ऐजेन्सी । मलेसिया प्रवेशले जोकोहिले अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्नु पर्ने नियम मलेसियन सरकारले लागु गरेको छ। अहिलेको कोरोन महामारीकै बेला मलेसिया प्रवेश गर्नेलाई यस्तो नियम लागु गरिएको हो ।

कोरोनाको महामारीकै बेला मलेसिया प्रवेश गर्ने स्थानीय नागरिक तथा विदेशी नागरिकहरुले अनिवार्य १४ दिन सरकारले तोकेको क्वारेन्टाइनहरुमा वा होटेल क्वारेन्टाइनहरुमा बस्नुपर्ने मलेसियाको वरिष्ठ – रक्षामन्त्री दातोक श्री इस्माईल साबरी याकोबलाइ उल्लेख गर्दै स्थानीय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् ।

Add
advertise

समाचार अनुसार क्वारेन्टाइनमा बस्ने प्रत्येक ब्यक्ति बराबर सरकारले निर्धारण गरेको स्तर अनुसार बढिमा आरएम ४ हजार ७ सय रिंगेट क्वारेन्टाइन शुल्क अनिवार्य तिर्नुपर्नेछ । विदेशी नागरिकको हकमा पुरा शुल्क लागे पनि स्थानीय नागरिकको हकमा भने आधा शुल्क सरकारले व्यहोर्नेछ ।

त्यस्तै उक्त शुल्क भित्रबाट १४ दिनसम्म दैनिक तीन पटकको खाना खाजा खर्च, उपचार , सरसफाइ , यातायात लगायत विभिन्न सुबिधा समावेश गरिएको समाचारमा उल्लेख छ ।