रहेनन् कलाकार पदम ! म्युजिक भिडियोले सक्कियो घरवास, परिवारको बिचल्ली

पदम सुनार

विपेन उलङगे
काठमाडौं । मंगलबार राति एक्कासि दाइ लडनु भयो । एक्कासि हास्ने, लडबडाउने, शरिरिरलाइ नियन्त्रणमा राख्न सक्नु भएन । हतार-हतार स्थानीय किलिनिकमा लियौ । त्यहाँबाट गण्डकी मेडिकल कलेजमा रिफर भयो । गण्डकी मेडिकलमा रातारात भर्ना गरौं तर उहाँ हाम्रो माझ रहनु भएन । यी बाक्यांसहरु हुन कमला सुनारका ।

कमला सुनारलाइ अहिले एउटामात्र दाई गुमाउनुको पीडात छदैछ त्यो भन्दा बढि पीडा दाईको बिचल्ली भएको  परिवारको छ । कमलाका दाइ शुक्ला गण्डकी-३ तनहुँ निवासी ३६ वर्षीय  “पदम सुनार” कलाकारितामा एकदमै इच्छा राख्थे । केही म्युजिक भिडियो समेत खेलेका थिए  । साथीहरुसंग  मिलेर म्युजिक कम्पनी पनि खोलेका थिए  । म्युजिक कम्पनी राम्रो नभएपछि केहि समयदेखि उनी गाउँमै पलमबरको काम गरेर परिवार पालि रहेका थिए  ।

Add
advertise

प्रेसरको समस्याले ग्रसित पदमले बुधबार गण्डकी मेडिकल कलेजमा दम तोडेका छन् । गएको मंगलबार राति एक्कासि लडेका उनलाई स्थानीय किलिनिकमा उपचार सम्भव नभएपछि गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको थियोे । अस्पतालको चेकजाँचपछि उनलाई  मस्तिष्क रक्तस्राव ( ब्रेन हेमोरेज ) भएको थाहा भयो । उनको रिपोर्ट आएको केहि घण्टामै बुधबार दिउँसो १२ बजे ३६ वर्षी उनलाई डाक्टरहरुले मृत घोषणा गरे  ।

सानैमा बुवा बितेपछि पारिवारिक जिम्मेवारी सम्हाल्दै आएका पदम पहिलोपटक  ३ बर्ष  साउदी र दोस्रोपटक तीन वर्ष मलेसियामा काम गरेका थिए । पदमका चार दिदिबहिनीको बिहे भैसकेको थियो । उनले वैदेशिक रोजगारीको क्रममा गाउँमा घर बनाएर परिवार राखेका थिए । तीन वर्ष मलेसिया वस्ने क्रममा कलाकारिता गर्ने सानैदेखिको इच्छा म्युजिक भिडियो खेलेर पुरा गरेका थिए  ।

पदमको म्युजिक भिडियो

बिस्तारै पदममा कलाकारिता गर्ने नशा बस्यो । उनले मलेसियामा छदै साथिहरुको लहमा लागेर “देश परदेश “नामक म्युजिक कम्पनी खोले । नेपाल आएपछि निरन्तर कलाकारिता गर्ने र कम्पनीलाई बढुवा दिने क्रममा आर्थिक समस्यामा परेपछि घरबारि समेत बेचेर कम्पनीमा लगानी गरेको उनकी बहिनी कमलाले बताइन् । कम्पनीमा के-कस्तो थियो ? को-को थिए ? हामीलाई स्पष्ट थाहा छैन । तर घरबारि बेचेर कम्पनीमा लगानी गरेका दाई पछिल्लोपटक कम्पनीमा राम्रो भएन भनेर गाउँमै पलमवर गर्नु हुन्थ्यो “कमलाले रुदै हामीसंग भनिन् ।

कमलाका अनुसार आमा बितेको पनि तीन वर्ष भयो । पदमको घरमा श्रीमती रमिला सुनार, २ साना छोराहरू र १ सानी छोरी छिन् । उनीहरू अहिले गाउँमै कोठा भाडामा बसिरहेका छन्  । कोठा भाडा तिर्ने , साहुको ऋण तिर्ने समस्या एकातिर छदैछ अर्को  ठूलो समस्या भनेको अबदेखि खान बस्न समेत समस्या भएको छ । साना छोराछोरीको लालनपालन र पढाइमा त्यतिकै चुनौती थपिएको छ ।

मर्ने मरेर गैहाल्नु भयो ” कसैको दया पलायर थोरै भएपनि कतैबाट  आर्थिक सहयोग भयो भने स-सना बच्चाहरुलाइ पालनपोषणको लागि भाउजुलाइ केहि व्यवसाय गराइदिन पाए हुन्थ्यो  जस्तो लाग्छ । आफुहरुको पनि आर्थिक अवस्था राम्रो छैन “कमलाले भनिन्  ।

स्वदेश तथा विदेशमा रहेका नेपालीले पदमको परिवारलाई सहयोग गर्न चाहेमा बहिनी कमला सुनारको फोन 9827186294 मा सम्पर्क गर्न सकिने उनले बताएईन ।