पूर्वजनमुक्ति सेनाका कमान्डर क्यान्सर पीडित नैन बहादुरलाई आर्थिक सहयोग

everest kitchen
बिरामी नैन बहादुर तामाङ “जमिन ” । बिरामी हुदा र नहुदाको तस्बिर

काठमाडौं । पूर्वजनमुक्ति सेनाका कमान्डर क्यान्सर पीडित ४१ वर्षीय नैन बहादुर तामाङ “जमिन” लाई २६ हजार ६१५ आर्थिक सहयोग गरिएको छ ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका -५ सुनखानी स्थायी घर भएका पूर्वजनमुक्ति सेना तामाङलाई पूर्व जनमुक्ति सेना समेत रहेका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका वाड नम्बर -६ का वडा अध्यक्ष राजेन्द्र पुनले सहयोग संकलन गरेेेका हुन ।

आर्थिक अवस्था नाजुक रहेको र उपचार खर्च पनि धान्न नसक्ने भएपछि पुर्वसहकर्मीलाई थोरै भएपनि राहत होस भनेर मानवीय धर्म अनुसार सहयोग गरेको वडा अध्यक्ष पुनले बताए । पुनका अनुसार आफ्नो गाउँपालिका भित्रका विभिन्न सहयोगी कर्मचारी, नेता तथा व्यक्तिहरुबाट उक्त सहयोग रकम सङकलन गरिएको हो । उक्त रकम तामाङलाई  शुक्रबार  पठाइन लागेको वडाअध्यक्ष पुनले जानकारी दिए ।

ब्रस गर्दा गिजामा सामान चोट लागेपछि उक्त चोट बढदै गएर क्यान्सर भएपछि विगत दुई वर्षदेखि क्यान्सरको समस्या झेली रहेका तामाङलाई अहिले मासिक १ लाख ५० हजारसम्म उपचार खर्च भैरहेको छ । उक्त उपचार खर्च उनको परिवारिक आर्थिक अवस्थाले नधान्ने उनका आफन्तहरुले जानकारी दिए ।

सहयोगीहरु