मलेसियामा नेपाली सेक्युरिटी कुटिएको भिडियोलाई लिएर नेपाली राजदूतावासको उजुरी

क्वालालम्पुर । मलेसियामा सेक्युरिटी गार्डलाई कुटपिट गरेको सामाजिक संजालमा आएको भिडियो सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको नेपाली राजदूतावास क्वालालम्पुर जनाएको छ |

दुतवासले उक्त भिडियो बारे पुर्ण जानकारी दुतावाससम्म नपुगेकोले सो घटनाको थप अनुसन्धानका निम्ति राजदूतावासको पहलमा मलेसिया प्रहरीमा प्रारम्भिक उजुरी गरि सकेको बताएको छ ।

Add
advertise

साथै उक्त भिडियोमा कुटाइ खाने पीडित वा अन्य जानकार व्यक्तिले दुतावासमा जानकारी गराउन दुतावासले अनुरोध पनि गरेको छ । भिडियो बारे थप अनुसन्धान गरेर दोषीमाथि कारबाही गरिने दुतावासले बताएको छ ।

अाफ्नै देशमा त सुरक्षित छहिनन् जनता झन सात समुन्द्र पारि अर्काकाे देशमा झन कसरी सुरक्क्षित हुन्छन् यश बिषयमा मलेसिया…

Posted by अशोक पौडेल ढाक्रे on Thursday, 30 July 2020

भिडियोमा भारतीय मुलका मलेसियन नागरिक जस्तो देखिने एक व्यक्तिले नेपाली सेक्युरिटी गार्डलाई निर्मम कुटपिट गरि रहेका छन् । ती मलेसियनले ती नेपालीलाई कुटपिट गरि रहदा नेपाली गार्डले भने कुनै प्रतिवाद गर्दैनन् । भिडियो खिच्ने पनि भारतीय मुलको हुन सक्ने उनलेे प्रयोग गरेको हिन्दि भाषाले आंकलन गर्न सकिन्छ ।

कुटपिटमा उत्रिएका ती मलेसियालीले मलायु भाषामा “यहाँ काम गर्न आएको की समस्या उत्पन्न गर्न आएको भन्दै लगातार ती नेपाली माथि प्रहार गरि रहेका छन् ।

उक्त भिडियो नेपालमा मात्रै नभइ मलेसियामा पनि भाइरल भैरेको छ भने दोषीमाथि कारबाहीको माग गरिएको छ । स्थानीय एक अनलाइनका अनुसार घटना बारे प्रहरी अनुसन्धान नजिक पुगेको बताएको छ ।

यधपी उक्त भिडियोमा कुटाइ खाने नेपाली हुन भनिएपनि अझै आधाकारिक पुष्टि भने नभएको दुतावासले बताएको छ ।(सम्पादन गरिएको )