कुसुम खोलाको चेपाङ बस्ती नहटाउनु : सर्बोच्च अदालत

everest kitchen


काठमाडौँ । चितवन माडीको कुसुम खोलाका चेपाङ बस्तीलाई नहटाउन सर्बोच्च अदालतले आदेश दिएको छ । उक्त बस्तीमा आगजनी गरी बस्ती हटाउने सरकारको निर्णय तत्काल रोक्न सर्वोच्चले आदेश दिएको हो ।

एक सात अघि निकुञ्जका कर्मचारीले हात्ती लगाएर घर भत्काउने तथा आगो लगाउने काम गरेको घटना बाहिरिएपछि विवाद उत्पन्न भएको थियो । उक्त घटना अमानवीय भएको भन्दै चेपाङ समुदायको हितमा अधिवक्ता राजुप्रसाद चापागाइँसहित १४ जनाले सर्बोच्चमा रिट दायर गरेका थिए ।

Add
advertise

उक्त रिटमा सर्वोच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलाशले मुद्दालाई छिट्टो टुंगोमा पुर्याउन अग्रधिकार दिँदै चेपाङ बस्तीको बसोबास, सम्पत्तिको हक लगायत मौलिक हकको विषय भएकाले उक्त निर्णय यथास्तितिमै राख्न र बस्ती नहटाउन आदेश दिएको हो ।

साथै सर्वोच्चले सरकारसँग उक्त आगजनी लगायत हटाउने निर्णयको १५ दिनभित्र लिखित कारण समेतमाग गरेको छ ।