सामाजिक सञ्जालमा नेपाली भूमि र तामाङ चेलीहरु प्रति अश्लील गालीगलौज गर्ने लिम्बूले माफि मागे

everest kitchen

क्वालालम्पुर । सामाजिक सञ्जाल टिकटकमा विभिन्न अश्लील भिडियो बनाइ नेपाली भूमि प्रति गलत शब्द प्रयोग गर्ने र तामाङ समुदायकी महिलाहरु प्रति लक्षित गरि अश्लील गालीगलौज गर्ने राजन लिम्बूले माफि मागेका छन् ।

ताप्लेजुङ निवासी लिम्बुले सामाजिक सञ्जाल टिकटकमा शुरिर लिम्बू नाम राखेका राजन लिम्बूलाई तामाङ घेदुङ मलेसियाले भेटर सम्झाइबुझाई गरेर छोडिएको घेदुङ मलेसियाका प्रमुख सल्लाहकार फुर्वा दोर्जे मोक्तानले जानकारी दिए ।

मोक्तानका अनुसार नेपाल र भारतको सीमा विवादको विषयमा आफ्नै देश नेपाललाई अपमान हुनेगरी गाली गलौज गर्ने देखि तामाङ समुदायका चेलीहरुलाई समेत निरन्तर अश्लिल टिप्पणी गर्दै आएपछि त्यसले समाजमा नकारात्मक असर पर्ने कारणले उनलाई भेटेर सम्झाएको हो ।

सन २०१३ देखि मलेसियामा कार्यरत लिम्बु हाल अबैधानिक हैसियतमा सेक्युरिटीको रुपमा कार्यरत रहेका रहेछन् ।