बाल असर : रचना शर्मा

रचना शर्मा

लघुकथा : बाल असर

रचना शर्मा

एक कक्षामा पढ्ने छोरो किरण स्कुल जान नमानेपछि जय शंकरले फकाउँदै सोधे -” बाबु किन नजाने भनेको स्कुल ? अब झन् परिक्षा आउँदै छ । झन् जानुपर्छ नि ! ”

उसको कुरो सुनेर छोरोले चिन्तित हुँदै जवाफ दियो -” पढ्न मन नलागेर होइन के बाबा ! मलाई पुरै मुडुलो गरेर कपाल नकाटिदिनुस् भन्दा मान्नुभएन । मलाई जहिले नि साथीहरूले टोपी खोल्देर मुडुले मुडुले , मुडुली माउ माखा पोली खाऊ भनेर जिस्काउँछन् । ”

Add
advertise

छोरोको कुरा सुनेर जय शंकरलाई पनि नराम्रो लाग्यो ।
– “चिन्ता नलेऊ बाबु ! आज, म नै तिमीसँग स्कुल गएर सर मिससँग कुरा राख्छु अनि यस्तो काम कसैलाई नगर्न भन्छु ल ?” भनि सम्झायो । बाउको कुरो सुनेपछि छोरो पनि खुशी भयो र एकछिनपछि दुबैजना स्कुल गए ।

स्कुलमा गएर जय शंकरले कक्षा शिक्षकलाई छोराकै कक्षा कोठामा गएर किरण स्कुल आउन नखोजेको सबै कुरा सुनाए । शिक्षकले उनका कुरा सुनेपछि सबै बिद्यार्थीहरुलाई –
” यस्तो काम को कसले गरेको हो ? ” भनेर सोधेपछि रोजन र सोहमले उठेर एकै स्वरमा भने -“सर ! किरणले पनि राजु र रश्मीलाई थोंते र थोंती भन्दै जिस्काएको दिनदेखि उनीहरु पनि ४ दिन भइसक्यो स्कुल आएकै छैनन्। “