माछापुच्छ्रे त्रिशक्ति युवा क्लब लाहाचोकद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

everest kitchen

पोखरा । माछापुच्छ्रे ४ लाहाचोक कास्कीमा बृक्षारोपण कार्यक्रम गरिएको छ। उक्त कार्यक्रम त्रिशक्ति युनाइटेड क्लब लाहाचोकको व्यवस्थापनमा बिहान १० बजे शुरु गरि बेलुका ५ बजे सम्पन्न भएको हो।

बृक्षारोपण कार्यक्रममा वडाध्यक्ष पुर्ण बहादुर शाहीको विशेष उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबका सचीव राजेन्द्र गौतम, क्याप्टेन सन्तोष गुरुङ , स्मार्ट लाहाचोकका सँयोजक भगवान शाही , युवा समाजसेवि दिलिप रानाभाट , लगायत ५ दर्जन युवायुवतीहरूको उपस्थिति रहेको थियो।

Add
advertise

कार्यक्रममा चाँप, धुपि, लप्सी, पैयु, तेजपता, कपुर, वेल, अमला, कल्कि, रुद्राक्ष ,वेशे आदि बिरुवाका जातका ८०० बिरुवा लगाइएको बिरुवा व्यवस्थापनको जिम्मा पाएका शुशिल श्रेष्ठ अभागी एकलयात्री ले जानकारी गराए। आफुहरूले पोहर देखि नै बृक्षारोपण गराउन लागि परेको र अहिले आएर सो कार्यक्रम सफल गराउन सकेकोमा योजनाकार एवं वैदेशिक रोजगार टिमका सदस्यद्वय लबि क्षत्री र कवि क्षत्रीले खुसी व्यक्त गरे।

कार्यक्रम क्लबका अध्यक्ष निरज शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो।