कोरोना संक्रमित भारतको यूपीकी मन्त्री कमला रानी वरुणको मृत्यु

everest kitchen


ऐजेन्सी । कोरोनाभाइरसको संक्रमण कारण भारतको उत्तर प्रदेशकी मन्त्री कमला रानी वरूणको मृत्यु भएको छ। उनको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मुख्यमन्त्री योगी आदित्यनाथको क्याबिनेटमा शिक्षा मन्त्री रहेकी ६२ वर्षीया कमला रानीलाई १८ जुलाईमा कोरोना संक्रमण भएको थियो । उनको लखनऊस्थित एसजिपिजिआई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

Add
advertise

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दु:ख व्यक्त गरेका छन्। उनले आइतबार अयोध्या जाने आफ्नो कार्यक्रम रद्द गरेका छन्।

कमला रानीले सन् २०१७ को विधान सभामा कानपुरको घाटमपुरबाट विजयी भएकी थिइन् । उक्त क्षेत्रबाट चुनाव जित्ने भारतीय जनता पार्टीकी उनी पहिलो बिभायक रहेको बिबिसी हिन्दिले उल्लेख गरेको छ ।

कमला रानी भारतको लोकसभाको सांसद समेत बनी सकेकी छिन् ।