हत्या अभियोगमा २० वर्ष कैद सजाय पाएका फरार कैदि ९ महिना पछि पक्राउ

everest kitchen


हेटौंडा । मकवानपुर प्रहरीले कारागारबाट फरार रहेका एक कैदीलाई ९ महिनापछि पक्राउ गरेको छ ।

मकावानपुरको भिमफेदी कारागारमा कर्तव्य ज्यान मुद्दामा २० बर्षको सजाय भोग्दै आएका सुनसरी रामधुनी नगरपालिका वडा नम्बर ७ बस्ने २५ बर्षिय कुलदिपराज धामीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशिल सिंह राठौँरले जानकारी दिए ।

Add
advertise

राठौरका अानुसार उनलाइ कञ्चनपुरबाट चितवन तर्फ आउने क्रममा यहि साउन १६ गते नवलपुरको देवचुली नगरपालिकाको रहजरबाट पक्राउ गरिएको हो ।

अभियुक्त धामी गत वर्ष २०७६ कार्तीक ३० गते कारागारबाट भागेका थिए । धामीले २०७१ सालमा चितवनमा २१ वर्षिय रोजिन गुरुङलाई कर्तब्य गरी हत्या गरेका थिए ।