मेलम्ची पहिरोमा पुरिएकामध्ये पाँच जनाको शव फेला

everest kitchen

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरो जाँदा पुरिएकाहरु मजदुरमध्ये पाँच जनाको शव फेला परेको छ ।

कभर्डहल निर्माणको काम गरि रहेका भारतीय मजदुरहरु बस्ने टहरोमा गएराति एक्कासी पहिरो खसेपछि पहिरोमा पुरिएकामध्ये पाँच जनाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव काफ्लेले जानकारी दिए ।

उनका अनुसार हालसम्म मृतकमध्ये दुई जनाको मात्र परिचय खुलेको छ । प्रहरीले घटनास्थलबाट भारतीय नागरिक बारु साहलाई जीवितै उद्धार गरेको छ ।