भारतमा कोरोना संक्रमितको सङ्ख्या १८ लाख नाघ्यो

everest kitchen


एजेन्सी । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको छ । गएको २४ घण्टामा भारतमा ५२ हजार ९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यो संगै कुल सङ्क्रमितको संख्या १८ लाख ७ हजार २२२ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

Add
advertise

त्यस्तै , भारतमा गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण ७७१ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या ३८ हजार १७६ जना पुगेको छ ।

यस्तै सङ्क्रमितमध्येबाट ११ लाख ८८ हजार ३८९ व्यक्ति निको भएर फर्किएका छन् । हाल भारतमा पाँच लाख ८० हजार ६५७ जनामा कोरोना भाइरस सक्रिय सङ्क्रमण रहेको छ ।