नेपाली सुरक्षागार्ड निर्मम तरिकाले कुट्ने व्यक्ति प्रहरी समक्ष उपस्थित, दुबैजना नेपाली नै भएको पुष्टि

क्वालालम्पुर । केेही  दिन देखि मलेसियामा नेपाली सुरक्षागार्ड  माथि निर्मम कुटपिटकाे भाईरल भिडियाेका पीडित र पीडक दुबै जना नेपाल राजदुतावासकाे सम्पर्कमा आएका छन् ।

३० जुलाईमा नेपाल एम्बेसिमा उक्त भिडियाे पुगेपछि एम्बेसिले मलेसियाकाे सुरक्षा गार्डसम्बन्धि सेवा पुर्याउने छाता संगठन पिआईकेएमसँग अनुराेध गरि अनुसन्धान सुरू गरेकाे थियाे । नेपाल राजदुतावासले पीडित र पीडक दुबैजनालाई एम्बेसिमा आउन अनुराेध गरेपछि दुबैजना एम्बसिकाे सम्पर्कमा पुगेका हुन् ।

Add
advertise

उक्त भिडियाेमा कुटाई खाने व्यक्ति नवलपरासिका ईस्माईल हुसेन हुन भने कुट्ने व्यक्ति कपिलबस्तुका राम गाेपाल मुराउ हुन् । मुराउले हुसेनलाई एम ३ मलकाे पार्ङकिङ क्षेत्रमा जुलाई ७ तारिक बिहान १० बजेतिर कुटेका थिए ।

मुराउले आज नै मलेसियन प्रहरिकाे सम्पर्कमा गएका छन् भने दुबैजना मलेसियामा अवैधानिक रहेकाे नेपाली राजदुतावास मलेसियाले एक विज्ञप्ति जारि गरि जानकारि दिएकाे छ ।