करेन्ट लागेर २ वर्षीया बालिका र १६ वर्षीय बालकको मृत्यु

everest kitchen
photo file

काठमाडौ । रौतहट राजदेवी नगरपालिका-८ लक्ष्मीपुर बस्ने रामलक्षमण राय यादवको १६ वर्षीय छोरा बिरबन्धु राय यादवको करेन्ट लागेर आइतबार मृत्यु भएको छ ।

छिमेकी मिश्रीलाल यादवको मोटर जडान भएको कलको धारामा पानी खानको लागि कल चलाउने ‍क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

Add
advertise

यसैगरी गौर नगरपालिका-६ सबगढा टोल बस्ने रुपलाल साहको २ वर्षीया छोरी आकृती कुमारी साहको करेन्ट लागेर आइतबार मृत्यु भएको छ ।

आफ्नै घरमा खेल्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घटना सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

(नेपाल प्रहरी )