बेरुतमा भएको भयानक विस्फोटमा ७८ जना मारिए

everest kitchen
photo : reuters

ऐजेन्सी । मंगलबार लेबनानको राजधानी बेरूतमा भएको भयानक विष्फोटमा ७८ जना मारिनुका साथै करिब ४ हजार मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाधले जनाएका छन ।

बेरुतको एक अत्याधिक विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एक गोदामबाट विस्फोट भएको बताएको छ ।
विस्फोटबाट वरपरका भवनहरू ध्वस्त भएको समाचारमा जनाइएको छ।

Add
advertise

लेबनानी सरकारी अधिकारीहरूका अनुसार धेरै सङ्ख्यामा घाइतेहरु रहेकोले मृतकको संख्या अझ बढ्न सक्ने जनाएका छन्।

उक्त गोदाममा २७ सय ५० टन एमोनियम नाइट्रेट बिना कुनै सुरक्षा सावधानी ६ वर्षदेखि भण्डारण गरेर राखिएको बताउँदै सो लापरवाही अस्वीकार्य भएको लेबनानका राष्ट्रपति मिचेल अउनले बताएका छन् ।

समाचार अनुसार सो विस्फोट वर्षौपछि भएको भयानक विस्फोट हो। उक्त विस्फोट २ सय ४० मिटर टाढा रहेको साइप्रससम्म आवाज सुनिएको थियो ।

यस्तै , लेबनानका प्रधानमन्त्री हसन डायबले घटनामा जिम्मेवारलाई कठघरामा उभ्याइने र घटनाको पूर्ण विवरण सार्वजनिक गर्ने बताएका छन्।