नेपालमा गएको २४ घण्टामा ३ सय ८१ संक्रमित थपिदा २ जनाको मृत्यु

everest kitchen


काठमाडौं । गएको २४ घण्टामा देशका विभिन्न ठाउँमा कोरोनाका ३ सय ८१ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका नयाँ संक्रमित भेटिएका हुन्। यीसहित हालसम्म संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ।

त्यस्तै गएको २४ घण्टामा १ सय ३० जना कोरोनामुक्त भई घर फर्किएसंगै १५ हजार १ सय ५६ जना कोरोनाबाट निको भएका छन।

नेपालमा हालसम्म मृतक ६० जनामा कोरोना पुष्टि भएको छ। मृतकमध्ये पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना पुष्टि भएको हो।