जबरजस्ती करणी गरेको अभियोगमा ७० वर्षीय बृद्धा पक्राउ

everest kitchen

ताप्लेजुङ ।आठराई त्रिवेणी गाउँपालिका-३ डाँडाखर्क बस्ने ६५ वर्षीय गोगुने भन्ने सन्त कुमार लिम्बुलाई ७० वर्षीया बृद्धालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

साउन १२ गते सोही ठाउँस्थित गर्धने चौतारामा उभिईरहेको अवस्थामा खुकुरी देखाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले लिम्बुलाई मंगलबार पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।