लघुकथा : हारेकी नारी
गङ्गा दाहाल न्यौपाने
रमिला जुरुक्क उठेर नित्यकर्म सकेर बडारकुडार गर्दै थिइन् । रामचन्द्र अघिदेखी नै आएर एकधुनमा काम गरिरहेकि उनलाई हेरिरहेको रहेछ । उभिएर हेर्दा झसङ्ग हुदै उनले सोधिन् : ” के हेर्नु भएको ?” ” रमिलाको शरीरलाई एकोहोरो हेरिरहेको उसले हत्तपत आँखा हटाउँदै सरल जवाफ दिदै भन्यो ” तिमीले काम गरेको हेरेको नि ” उ मुसुक्क हाँस्दै सरासर हिंड्यो । रामचन्द्र रमिला बसेकै कोठा अगाडि बस्ने युवक हो । काठमाडौं कै एउटा क्याम्पसमा इन्जिनियरिङ पढ्छ भनेर उनले छिमेकी दिदिको मुखबाट सुनेकी हुन् । आफ्नो चिप्लो बोलीले छिमेकी दिदिको मुखबाट तारिफ बटुल्न सफल भएको रामचन्द्रको यस्तो हर्कत देखेर रमिला भने उ सँग सधैं रुष्ट देखिन्थी ।
त्यो रात परिवारका सबै सदस्य छिमेकी दिदीकोमा टिभि हेर्न गए । रमिला भने गइन किनकी उसको टाउको निकै दुखाएको थियो , आफ्नो कलेजको फि, आफ्नो घरको दयनिय आर्थिक अवस्थाले अनि सानोतिनो जागिर पनि पाउन नसकेको परिस्थितिले ।
रातको ९ बजेको थियो , ऊ शौचालय गयेर आउदै थिइ । कसैले उसको हातमा समतेर अर्को कोठामा लग्यो । उसको होसहवास् नै उड्याे । यसो हेर्दा रामचन्द्र रहेछ । उसको हात रमिलेको मुखको आवाजलाई दबाउँदै थियो अनि उसले भन्दै थियो ” म केहि गर्दिन तिमिलाई, तिमिले हल्ला गर्यौ भने तिम्रै बेइज्जत हुन्छ । उसले अरु पनि केके भन्दै थियो उनको कानमा गुनगुन आवाज आउदै थियो । त्यतिकैमा बाहिरबाट आवाज आयो ” रमिला….रमिला …. ” बोल्ने कोशिश गरी , फेरि सोची मेरै बेइज्जत हुन्छ ” उ बोलिन रामचन्द्र पनि हडबडाएको देखिन्थ्यो । उसले धोका खोली, बाहिर घरकी बुज्रुक महिला उभियेकी थिइन् भन्न थालिन् ” ए यसको त यस्तो चर्तीकला पो रहेछ ? ” उ रुदै कोठामा गई । छिमेकी दिदि पनि त्यही थिइन उसले बेलिबिस्तार लगाइ । तर छिमेकी दिदीको हिरो कसरी एकैपटकमा जिरो बन्थ्यो र ? उनले भनिन् तेरै नियत खराब रहेछ र त उसको कोठामा गइस् यसरी भोलिपल्ट सम्ममा यो हल्ला टोलमा सनसनी फैलियो । सबैले भने ” यहि नकचरी उस्ति ” अर्को राती रमिलालाई नदेखेर घरका सदस्यले भने आज त रातै बिताइ त्यसपछी ढोका खोलेर बाहिर निस्कनै लग्दा घरकी बुज्रुकले देखिन रमिलालाई घरको बलेसीमा जो आफ्नै सलको पासो लगायेर प्राण त्याग गरिसकेकी थिई ।
काठमाडौं नेपाल ।