आफ्नै आमाको हत्या गर्ने पक्राउ

everest kitchen
साङ्केतिक फाेटाे

दार्चुला । दुहु गाउँपालिका-३ चौपाती बस्ने ५३ वर्षीया नर बहादुर बमलाई आफ्नै आमा ८२ वर्षीया नारु देवी बमको हत्या गरेको अभियोगमा बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै आमालाई कुटपिटबाट हत्या गरी घरबाट करिब ५० मिटर टाढा खोला नजिक फालेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ब्रम्हदेव र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरिलेे जनााएकोछ   ।