आर्थिक हिनामिनाको प्रमाण नष्ट गर्ने क्रममा पक्राउ परेका लेखापाल रिहा

everest kitchen


काठमाडौं । श्रीमती र भतिजोको खतामा अनधिकृत लाखौं रकम जम्मा गरेको आरोप लागेका रुकुम पश्चिम त्रिवेणीका लेखापाल हेमन्त केसी र उनीसंगै पक्राउ परेका अन्य तीन जना रिहा भएका छन् ।

रुकुम पश्चिम जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित स्थायी शिक्षक समेत रहेका उनका भाई बिकास केसी ,भतिज भिमशेन केसी र सोहि गाउँपालिकामा करारमा सह -लेखापाल समेत रहेका भितज सुवास केसी लगायत ४ जना रिहा भएका हुन ।

Add
advertise

उनीहरू विहार रातिको ९ बजेतिर गाउँपालिकाे कार्यालयमा आइ प्रमाण नष्ट गर्न लागेको भन्ने खबरपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

लेखापाल केसीले श्रीमती र भतिजोको नाममा अनधिकृत रुपमा झण्डै २५ लाख रकम जम्मा गरेपछि जिल्ला प्रशासन कार्यालय रुकुममा मुद्दा चलेको र सोही गाउँपालिकाका अध्यक्षको नेतृत्वमा गठित समितिको छानबिनमा परेका केसी राति आफन्तसहित कार्यालयमा आएर कागजात मिलाउने प्रयास गरेको स्थानीयले बताएका छन् ।

यस बिषयमा प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेलसंग बुझ्दा लेखापाल केसीको बारेमा अनुसन्धान भैरहेको र यस बारे थप अनुसन्धान पछि खुल्ने बताए । उनका अनुसार बिहीबार राति कार्यालयमा आएपछि पक्राउ परेका लेखापाल केसीसहित अन्य तीन जनालाई शान्तिसुरक्षाको लागि पक्राउ गरिएको र आवश्यक परेको बेला उपस्थिति हुने गरि आफन्तको जिम्मा लगाएको हो ।

लेखापाल केसीले श्रीमती बिर्मा केसी र उनका सहयोगीको रुपमा गाउँपालिकामा कारारमा कार्यरत भतिज सुवास केसीको खातामा जम्मा गरेको करिब २४ लाख ९२ हजार रकम गाउँपालिकाको खातामा फिर्ता गरि सकेका छन् ।

लेखापाल केसीले अनधिकृत रुपमा रकम हिनामिना गरेको स्पष्ट देखिएको र रातारात प्रमाण नष्ट गर्न खोजेको स्पष्ट हुदाहुदै उनलाई नियन्त्रणमा लिएर पनि छोड्नु उचित नभएको स्थानीय वासीले बताएका छन् ।