१७ बर्ष सम्म फरार रहेका कर्तव्य ज्यान मुद्धाका प्रतिवादी पक्राउ

everest kitchen

झापा। ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिकाको जलथल निवासी दुर्गाबहादुर मगर छन् ।

२०६० कात्तिक ३० गते जलथलमा पाहुना आएका झापा गाउँपालिका ४ का बिरिकलाल माझीको कुटपिटका कारण मृत्यु भएको थियो । जलथलमा रहेकी छोरीको घरमा पाहुना आएका माझीलाई स्थानीय दुर्गाबहादुर मगर, खेम फुयालसहित ३/४ जनाको समूहले कुटपिट गरेका थिए ।

Add
advertise

कुटपिटका कारण गम्भीर चोट लागेका माझीको भद्रपुरस्थित मेची अस्पतालमा उपचारका क्रममा घटना भएको ४ दिनपछि मंसिर ४ गते मृत्यु भएको थियो ।
घटनालगत्तै कुटपिटमा संलग्न सबै व्यक्ति फरार भएका थिए ।

जिल्ला प्रहरीका प्रहरी निरीक्षक साकारराज पन्तको टोलीले बिहीबार मेचीनगर नगरपालिका १२ सहरेडाँगीस्थित आफन्तको घरमा लुकेर बसेको अवस्थामा मगरलाई पक्राउ गरिएको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

घटनामा संलग्न अन्य व्यक्तिहरु अझै फरार रहेकोले उनीहरुको खोजी कार्य जारी रहेको उनले बताए ।

त्यतिबेला २६ वर्षका दुर्गा बहादुर काठमाडौं लगायत मलेसिया, दुबई देशहरूमा बसेर फर्केका थिए ।