एयर इन्डियाको बोइङ-७३७ विमान केरला एयरपोर्टमा दुर्घटना

everest kitchen
photo : hindustantimes

ऐजेन्सी । एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ विमान शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको छ।
विमान साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो।

विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु रहेको बिबिसी हिन्दिले जनाएको छ । समाचार अनुसार दुबईबाट आएको उक्त विमान केरेलाको कोजिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो।

Add
advertise

विमान अवतरण क्रममा भारी वर्षा पनि भइरहेको थियो।
दुर्घटनामा परेका दर्जनौं घाइतेको उद्धार गरिएको भारतीय मिडियाले जानकारी दिएपनि विमान दुर्घटनाको क्षति विवरण भने आउन बाँकी रहेको उल्लेख गरिएको छ ।