मृगौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण

everest kitchen

राजु क्षेत्री “अपुरो”

कास्कीको माछापुच्छ्रे गापा वडा नं ३ घाचोक कि मृगौला पीडित सुस्मिता परियार लाई आर्थिक सहयोग गरिएको छ ।

पिडितका गाउँवासी युवाहरूले चलाएको अभियानमा छिमेकी गाउँ लाहाचोकले पनि रकम सङ्कलन गरेको थियो । उक्त कार्य वैदेशिक रोजगार स्वयंसेवक टिम र माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्ल्ब लाहाचोकको संयुक्त अभियानमा सङ्कलन गरिएको हो।

Add
advertise

सङ्कलित रकम वडा नं ४ का जनप्रतिनिधि र वडा नं ३ का जनप्रतिनिधि सुर्य प्र लम्सालको हात बाट रु १,१३,९३३ रुपियाँ हस्तान्तरण गराइएको व्यवस्थापनका जिम्मा पाएका सुशील श्रेष्ठले जानकारी गराए।

“हाम्रो सानो सहयोगले पनि कसैको उपचारमा टेवा मिल्छ भने किन सहयोग नगर्ने!” भन्ने वैदेशिक रोजगार स्वयंसेवक टिम संयोजक राजु क्षत्री अपुरो दाजुले आव्हान गरेपछि हामी पनि सक्रीय भएका हौँ “कोरियामा कार्यरत रहेका सुन्दर हमाल , समीर शाही र अस्ट्रेलिया बाट सगुन अधिकारी र साउदी बाट लबि क्षत्रीले हाम्रा प्रतिनिधिलाई जानकारी गराए ।

स्मरणीय छ, यस अघि पनि वैदेशिक रोजगारमा रहेका लाहाचोकबासीले स्वयंसेवक टिम गठन गरि दुबै मृगौला फेल भइ उपचार गराइरहेका हरिलाल परियारका लागि सामाजिक सञ्जाल मार्फत आर्थिक सङ्कलन अभियान चलाएको थियो । टिमले स्वदेशमा पनि स्वयंसेवक टिम परिचालन गर्दै रु १२ लाख पचास हजार पिडितलाई हस्तान्तरण गराएको थियो।