मिठो खाजा : अप्सरा भट्टराई

everest kitchen
अप्सरा भट्टराई

लघुकथा : मिठो खाजा

अप्सरा भट्टराई

आज बिहान् ८बजेको थियोे ।नानीबाबुलाई ब्रेकफास्ट दि सकेर लन्च बनाउने बेला भयो ।म झसङ्ग भए ।ला , हिजो सपिङ्ग गर्ने दिन थियोे, भुसुक्कै बिर्सिए ।आज लन्च के बनाइदिऊ ? भन्दै फ्रीज खोलेँ । ब्रेड २ पिस मात्रै थियोे । नानीले म चिजब्रेड लाने भनिन् ।यसो हेरे कचौरामा अलिकति घोलेर राखेको गहुँको पिठो थियोे ।बाबु , आज मैले तिमीलाई मन पर्ने मिठो नेपाली खाजा बनाएँ है ।

Add
advertise

स्वाद मन पर्दैन कि भनेर म उनीहरुकै रोजाइमा खाजा दिन्थे , सधैँ ।अस्ति पनि मकै भुटदा कम्ती खुशी भएका थिएनन् ।जति मकै पढ्कियो उति नै उनीहरु उफ्रदै थिए ।”वाउ पपकर्न “भन्दै थपीथपी खाएका थिए । आज पनि मैले बनाएको खाजा मन पराएर खाऊ है भन्दै लन्चबक्स दिए ।बाबुले “वेटवेट “भन्दै अलिकति चाख्दै अनुहार उज्यालो पारे । खाजाको नाम सोधे। फ्रीज खोले ।मनपर्ने चकलेट फ्लेवरको सेरप खाजा माथि राखे र ब्यागमा थन्क्याए ।
घडी हेर्दै ढोका बन्द गरे दुबै हातले नातिनातिनाको दायाँबायाँ हात समाउदै स्कुल हिडे ।सधै तँछाडमछाड गर्दै आआफ्नो कुरा सुनाउने बाबू आज चुप भएर बस्यो ।नानी मात्रै बोलिरहेकी थीई । ।त्यो बेला हामी मलको बाटो गरेर रेस्टुरेन्टको छेउमा पुगेका थियौँ ।
अस्ट्रेलियामा लकडाउनपछि धेरै दिनमा मलहरु खुलेका थिए । दुई फिटको दुरी राखेर केही मानिस हिंड्दै थिए।बाबू रेस्टुरेन्टतिर हेर्दै खुसी भयो ।उस्ले भन्यो – “धेरै भयो बाहिर नखाएको हामी यो विकेन्डमा “प्यानकेक “खान बाहिर जाऊ ल ! मैले हस भन्दै स्कुल पुर्याएर फर्के ।
उनीहरुलाई लिन भनेर ३बजे स्कुल पुगेँ । ।उनीहरू गफ गर्दै, हाँस्दै मतिर आइरहेका थिए ।घर फर्केपछि बाबुलाई सोधेँ -” कस्तो लाग्यो लन्च ?”
उज्यालो अनुहार लगाएर केही भन्न लाग्दै थियो ।उस्ले बोल्न नपाउदै नानीले मेरो हात आफुतिर तानी ।चोर औंला आफ्नो ओठको बीचमा राखेर कसैलाई नभन्ने नि इसारा गरिन् ।यस्तो गोप्य कुरा के रहेछ ?कान थापेर सुनेँ ।

उनले भनिन् “हि टोल्ड एभ्री टायम टु मि “”याम्मी याम्मी !”
“मिठो बाबर देन आवर प्यान केक “!

चाबहिल