कोरोना : नेपालमा गएको २४ घण्टामा ३ सय ८० संक्रमित थपिए, दुईको मृत्यु

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ३ सय ८० जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार आइतबार थप ३ सय ८० नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ६ हजार ५४४ रहेको छ ।

Add
advertise

त्यस्तै आइतबार ४० जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १६ हजार ३५३ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ७५ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । आइतबार थप २ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।