काठमाडौं, मकवानपुर, नवलपरासी र सुनसरीमा लागूऔषध सहित विभिन्न व्यक्ति पक्राउ

everest kitchen
photo file

काठमाडौं । काठमाडौं, चन्द्रागिरी नगरपालिका-५ दाउराडिपो बस्ने मकवानपुर थाहा नगरपालिका-७ घर भएका ४२ वर्षीय देबेन्द्र थापामगरलाई १ केजी १ सय ६० ग्राम अवैध लागूऔषध चरेस सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले सोही ठाउँस्थित थापामगरको टहराबाट उक्त परिमाणको लागूऔषध चरेस, चरेस प्याकिङ गर्ने कागज तथा तराजु समेत फेला पारी उनलाई पक्राउ गरेको हो ।

Add
advertise

देबेन्द्रले उक्त चरेश धादिङबाट ल्याई स्थानीय युवाहरूलाई बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । देबेन्द्र उपर लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको उक्त प्रहरी वृत्तले जनाएको छ ।

मकवानपुर,  हेटौंडा उपमहानगरपालिका-१४ स्थित सडकबाट १ सय ४५ बोतल नियन्त्रित लागूऔषध उईनरेक्स र ६ सय एम्पुल नाईट्रोभेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्सा वीरगञ्ज महानगरपालिका-२४ बस्ने १८ वर्षीय किशोर, हेटौंडा उपमहानगरपालिका-१२ बस्ने २८ वर्षीय विरेन मोक्तान र सोही ठाउँ बस्ने बुद्धि घिसिङ रहेका छन् ।

सोही ठाउँस्थित खटिएको प्रहरीले बिआर ०५ एए ०६०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा प्रहरीलाई देखी मोटरसाइकल  चालक भागेपछि मोटरसाइकलमा सवार किशोरको झोलाबाट उक्त लागूऔषध बरामद गरी सो रिसिभ गर्न प्रदेश नम्बर ३-०२-००२ प. ४५४१ नम्बरको मोटरसाइकलमा आएका चालक विरेन र मोटरसाइकलमा सवार बुद्धिलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१६ तिनघरेचोक स्थित सडकबाट १ सय ५६ एम्पुल फेनारागन, १ सय ५६ एम्पुल नुर्फिन र १ सय ५६ एम्पुल डाईजेपाम सहित चितवन भरतपुर महानगरपालिका-१२ बस्ने ३१ वर्षीय सुरेन्द्र थापालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

उक्त सडकमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले प्रदेश नम्बर-३-०३-००१ प ५९५९ नम्बरको स्कुटर जाँच गर्ने क्रममा थापाको साथबाट उक्त परिमाणको लागूऔषधसहित उनलाई पक्राउ गरेको हो ।

सुनसरी, इनरुवा नगरपालिका-९ जाल्पापुरबाट १३ बोतल डाईलेक्स डिसी र ४३ क्याप्सुल स्पास्मो प्रोक्सिभनसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ईनरुवा नगरपालिका-२ बस्ने ४३ वर्षीय रोहित कुवर र ईटहरी उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय ध्रुव अधिकारी रहेका छन् ।

अस्थाई प्रहरी पोष्ट पोखरीटोलबाट खटिएको प्रहरीले बाटोको साईडमा बसिरहेको अवस्थामा शंका लागि जाँच गर्दा उक्त लागूऔषध सहित उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले प्रयोग गरेको को.११ प ५०७३ नम्बरको मोटरसाइकल र को.३२  प ९८७० नम्बरको स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
(नेपाल प्रहरी )