साहित्यकार जीवन देवान गाउँलेलाई मातृशोक

everest kitchen

काठमाडौं । साहित्यकार जीवन देवान गाउँलेलाई मातृशोक परेको छ । उनको आमा श्रीमती भद्रमाया देवानको ७९ वर्षको उमेरमा निधन भएको हो ।

धनकुटास्थीत चौविसे गाउँपालिका वोधे निवासी भद्रमायाको आफ्नै घरमा निधन भएको र उनको आजै अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

Add
advertise

मलेसियामा रहेर लामो साहित्यकर्म गरेका गाउँले ‘पार्सल’ (कथा सङ्ग्रह २०७४) प्रकाशित छ भने थुप्रै फुटकर कथा कबिता लेखेका छन । उनी विभिन्न साहित्यिक संघ संस्थामा आवद्ध भएर काम गरिरहेका छन् ।