गोंगबुमा सुटकेशमा भेटिएको शवको सनाखत हुनसकेन, मृतकको तस्बिर सार्वजनिक

everest kitchen
मृतकको फोटो

काठमाडौं । काठमाडौंको गोंगबु चोक नजिकै आइतबार बिहान सुटकेशमा फेला परेको शवको सनाखत हुन सकेको छैन ।

शवको सनाखत हुन नसकेपछि प्रहरीले मृतकको तस्वीर सार्वजिनक गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार शवको पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ तस्वीर सार्वजनिक गरिएको हो ।

तस्वीरको पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गर्न समेत प्रहरीले सबैसँग आग्रह गरेको छ ।

आइतबार टाउको र खुट्टाविहिन शव गोंगबु चोक नजिकै फेला परेको थियो । शव फेला परेपछि कुकुरको सहायताले नजिकै अर्को एक जेब्रा झोलामा मृतककाे टाउको र खुट्टा फेला पारिएको थियो ।