ईन्स्टापे ईवालेटको प्रयोग गरेर मलेसियाबाट नेपाल आईएमई गर्न सकिने

everest kitchen


मलेसिया । इन्स्टापे टेक्नोलोजी कम्पनीद्धारा सञ्चालित ईन्स्टापे ईवालेटको प्रयोग गरि मलेसियाबाट नेपालमा सहजै आईएमईबाट रेमिटान्स गर्न सकेने भएको छ ।

ईस्टापे टेक्नोलोजी नामक कम्पनीले मलेसियामा रहेका नेपाली लगायत आप्रवासीहरुको रकम सुरक्षित गर्नेगरी स्वादेश पैसा पठाउन आईएमई रीया मोनिट्रान्सफर संग साझेदारी गरि ईन्स्टापे ईवालेटबाट कारोबार सुरु गरेको हो ।

Add
advertise

उक्त ईवालेटमा मलेसियामा रहेका बिदेशी कामदारहरु लक्षित गरी मास्टर कार्ड र रेमिट्यान्स सेवा सहितको सुबिधा रहेको इन्स्टापे टेक्नोलोजीका कर्यकारी प्रमुख तथा सह-संस्थापक रजनिश कुमारले जानकारी दिए ।

उनका अनुसार इन्स्टापे इवालेट खाताको प्रयोग गरेर मलेसियाको रोजगार दाताहरुले आफ्नो बिदेशी कामदारहरुलाई तलब भुक्तान गर्न सक्नेछन । त्यस्तै मलेसियामा रहेका बिदेशी कामदारहरुले इन्स्टापे इवालेट एप्लिकेसनको प्रयोग गरि आफ्नो देशमा पैसा पठाउन, मोबाइल रिचार्ज गर्न, अनलाइन किनमेल गर्न सक्नेछन् ।
यसको प्रयोगले पैसा पठाउन जाने झन्झट त मुक्त हुन्छ नै बैंक कार्ड नभएका नेपाली लगायतका आप्रवासीलाई रकम सुरक्षित गर्न भरपर्दो हुनेछ “उनलेे भने ।

हिमाल टाईम्सको जिज्ञासामा कार्यकारी प्रमुख रजनिश ईन्स्टापे वालेट बारे यस्तो भन्छन् ” इन्स्टापे इवालेट खाता बैंक खाताहरूको विकल्प हो । मलेसियामा रहेका बिदेशी कामदारहरुको लागि धेरै उपयोगी छ । यस खाता खोलाउन इन्स्टापेको प्रमोटर टिमका कर्मचारीहरुलाई खटाएकाछौं । इन्स्टापेको प्रमोटर टिमका कर्मचारीहरुद्वारा फारम भरी खाता खोल्न ईच्छुकले खोल्न सक्नेछन । सजिलै मोबाइल नम्बरबाट खाता खोल्न सकिने छ भने खाता सुरक्षित बारे सबाधान अपनाईएको छ ”

खाता खोल्दा पासपोर्टको फोटोकपी र दश रिंगेट दस्तुर लाग्नेछ । यो पहिलो बर्षमा नै एक लाख बढिलाई सेवामा सामेल गराउने कम्पनीको लक्ष्य रहेको बताएको छ ।