कोरोना : नेपालमा गएको २४ घण्टामा ३ सय ३८ संक्रमित थपिए, चारको मृत्यु

everest kitchen


काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ३ सय ३८ जनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार सोमबार थप ३ सय ३८ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २३ हजार ३१० पुगेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ६ हजार ७३८ रहेको छ ।

Add
advertise

त्यस्तै सोमबार १४० जना कोरोना संक्रमण मुक्त भएपछि जम्मा निको हुनेको संख्या १६ हजार ४९३ जना पुगेका छन ।

त्यस्तै नेपालमा हालसम्म ७९ जनाको कोरोना संक्रमितको कारण मृत्यु भएको छ । सोमबार थप ४ जनाकाे मृत्यु भएको मन्त्रालयले जनाएको छ ।