प्यारी ईन्टरनेट !

everest kitchen
सत्या अधिकारी

कबिता :  प्यारी ईन्टरनेट !                                   

 सत्या अधिकारी

सन्सार सखाप पार्ने उत्तेजक नृत्य
नाचिरहेको छ कोरोना,
आज बन्धक भएको छ बिश्व,
धन्न प्यारी ईन्टरनेट !
यो कहरमा राहत मिलेको छ धेरै
तिम्रो साथले।
गित, संगीत, फिल्म ,कार्टुन र प्रबचनमै भुलेका छन् दुधेबालक देखि अशक्त वृद्धहरु,
धन्न, तिमी पनि नभएको भए
कति बढ्थे होलान् मानसिक रोगी,
प्यारी ईन्टरनेट !
बिधालय भर्चुअल बाटै चलेका छन्
मिटिङ, सेमिनार गोष्ठी चलाएकी छौ
तिमिले अनि,
भुलेका छन अबोध बालकले यो कहर,
सम्बन्धका कुरामा,
कत्रा कत्रा पारिवारिक जिम्मेवारी
हाइ हेल्लो बाटै पूरा गरिदिएकी छौ ,
छायांले मात्रै पनि मायाका भोकाहरु
टन्न छन् ,
सम्बन्धहरु सुमधुर बनाइदिएकी छौ,
मनै नहुने संग त के लाग्छ र तिम्रो?
बिर्सन खोज्नेलाइ त
बहाना भएको होला,
यसमा तिम्रो के दोष?
प्यारी ईन्टरनेट !
सबै सुतेको बेला उठेकी छौ,
दिन रात नभनी खटेकी छौ,
किनमेलको लागि,
नुन देखि सुन सम्म
ढोकामै ल्याइदिएकि छौ,
अर्डर बमोजिमका परिकारले
पेट भरिदिएकी छौ,
ज्ञानको दायराको त के कुरा,
हत्केलामै छ सन्सार ,
सागरै समेटेर बसेकी छौ ,
सित्तैमा सबैले
चाहिएजती लिन सक्ने गरि।
प्यारी ईन्टरनेट !
तिमिलाइ मेरो कोटि कोटि प्रणाम।