बहकिँदा : केशब मोहन अधिकारी

लघुकथा : बहकिँदा
                     केशब मोहन अधिकारी

कमिलाहरु निकै मेहनती थिए। उनिहरु समुहमा काम गर्थे। हरेक साल बर्षा शुरु हुनुअघी नै उनिहरु खानाको जोहो गर्थे। झरी शुरु भएपछी आनन्दले उनिहरु मेहनतले जम्मा गरेको खानेकुरा आफ्नो प्वाल घरमा बसेर आनन्दसँग खान्थे। उनिहरुको जीवन यसरी नै चलिरहेको थियो।

एकदिन उनिहरुको भेट फट्याङ्रासँग भयो। फट्याङ्रा बर्षाअघि उनिहरुले गरेको मेहनत देखेर हाँस्न थाल्यो। कमिलाहरुले जव हाँस्नुको कारण सोधे उसले कमिलाहरु मुर्ख भएको बतायो। घाम तापेर नबसेर के काम गरेको त्यही पनि रानी कमिलाको कुरा सुनेर भनेर उसले कयौ कमिलाहरुलाई भड्कायो। फट्याङ्राको कुरामा कती कमिलाहरु बहकिए।

त्यो बर्षामा कमिलाहरुको बस्तिमा खानाको अनिकाल पर्‍यो। कयौ कमिलाहरु खान नपाएर मरे। कतिपय भोकले तड्पिएर अधकल्चो भएर बाँचे। कैयौ लाई चाँही बर्षामा खान खोज्न निस्कदा पानीले बगाएर लाग्यो।

त्यतिबेलासम्म फट्याङ्रा भने सुरक्षित स्थानमा पुगेर आरामले जिन्दगी काटिरहेको थियो।