जि.बि तामाङको तामाङ सेलो “नेसि नेसि” सार्वजनिक

everest kitchen


काठमाडौं । गीतकार जि बि तामाङको “नेसि नेसि ” बोलको तामाङ सेलो प्रेम गीत शनिबार रिलिज भएको छ।

अहिले तामाङ सेलो जगतमा रुचाइएको “नेसि नेसि”  रोमान्टिक गीत रहेको छ। जिबि तामाङको शब्द रहेको उक्त गीतमा चर्चित गायक/गायीका बिशाल काल्तान र जितु लोप्चनले स्वर दिएका छन् । गीतको संगीत पनि बिशाल काल्तानले नै गरका छन् ।

त्यस्तै  गीतलाई एरेञ्ज र मिक्सिङ दिपेश प्रधानले गरेका  छन भने  दीप रेकर्डिङ स्टुडियोले गीत रेकर्ड गरेको हो ।

विभिन्न रमणीय ठाउँहरुमा छायांकन भएको गीतमा तामाङ चलचित्र क्षेत्रको चर्चित नायक अमिर दोङ र रिता लामाको अभिनय रहेको छ। उक्त गीतको भिडियो डम्फू मिडिया को युटुब च्यानल बाट  सार्वजनिक भएको छ ।

https://www.youtube.com/watch?v=JZAMFvNGjOs&feature=share