अटोमेटिक ४.५ पेस्तोल सहित पक्राउ

everest kitchen
File photo

धनुषा । जनकपुर उपमहानगरपालिका-१० बाह्रबिघाबाट एक थान ४.५ लेखिएको अटोमेटिक पेस्तोल र सोही पेस्तोलको १ थान म्याग्जिनसहित मुखियापट्टी मुसरहनिया गाउँपालिका-३ बस्ने २१ वर्षीय सुजित यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले ज.१ ह ३१९२ नम्बरको ट्याम्पोमा सवार यादवलाई जाँच गर्दा उनको साथमा रहेको कालो रंगको झोलामा चिनी भित्र लुकाईछिपाई राखेको उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो ।

यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।