भरुवा बन्दुकको छर्रा लागेर १४ वर्षीया बालिका घाइते

everest kitchen
photo file

डोटी । के.आई.सिं. गाउँपालिका-३ दल्ल बस्ने जोगी सिंह ऐरकी १४ वर्षीया छोरी जानकी ऐर भरुवा बन्दुकको छर्रा लागेर आइतबार साँझ घाइते भएकी छिन् ।

आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४३ वर्षीय शेर बहादुर ऐरले बाँदर हो भनि भरुवा बन्दुक फायर गर्दा छर्रा लागेर जानकी घाइते भएकी हुन् ।

Add
advertise

घाइतेलाई शैलेश्वरी अस्पताल दिपायल हुँदै थप उपचारको लागि धनगढीतर्फ रिफर गरिएको छ । प्रहरी चौकी वायलबाट खटिएको प्रहरीले घटनास्थलबाट भरुवा बन्दुक बरामद गर्नुका साथै फरार भएका शेर बहादुरको खोजी गरिरहेको प्रहरीले बताएको छ ।