गायक बादलको “हेर यो मुटुमा चिरा पर्‍या छ” सार्बजनिक

everest kitchen

कृष्ण गुप्ता

काठमाडौं । गायक बादल थापाको ‘हेर यो मुटुमा चिरा पर्‍या छ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

भिडियो निर्माणअघि नै चर्चा कमाएको थापाकै आवाज रहेको यो गीतको अफिसियल भिडियो भने तयार भएको थिएन।

Add
advertise

सञ्चारकर्मी तथा कलाकार चिरञ्जवी सापकोटा (जिबी चिरन), रोशनी कार्की र प्रेम पुरीको अभिनय यस गीतमा देख्न सकिन्छ।

गीतको अफिसियल भिडियो आइतबार मात्र सार्वजनिक भएको हो । गीतको निर्देशन सृजन बरालले गरेका हुन्।

सुदूरपश्चिमको महेन्द्रनगर दोधारा चादनिमा जन्मिनो भयका थापाले दर्जनौं एल्बम बजारमा ल्याइसकेका छन । सरल अनि मिजासिलो स्वभाबका थापाले नेपाली गितहरु (चन्द्र जस्तै मुहार, आइजा चरी, ओइ तिम्रो छकि छैन कोहि , एकबिसे, )नामक दर्जनौं गीतहरू रुचाएका छन । भर्खरै मात्रै “तेरे बिना ” नामक हिन्दी गित पनि सर्बजनिक गरेका छन्

गायक थापाकै शब्द/संगीतमा तयार भएको गीत निक्कै मार्मिक छ र यसले दर्शक स्रोताको मन जित्ने विश्वास उनले लिएको बताएका छन् । आहा टिभी युट्युब च्यानलबाट आइतबार दिउँसो सार्वजनिक भएको गीतले राम्रो प्रतिक्रिया पाइरहेको छ।