विभिन्न स्थानमा खोला तथा पोखरीमा डुबेर पाँच जनाको मृत्यु

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । धनुषा, औरही गाउँपालिका-१ झिटकैया बस्ने नहिम राईन कवारीको छोरी २ वर्षीया नुरत खातुनको घर नजिकै जमुनी खोलामा डुबेर सोमबार मृत्यु भएको छ । डुबेकी उनलाई उद्दार गरी प्रादेशिक अस्पताल जनकपुरमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

Add
advertise

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४ रातोमाटो बस्ने अजय थिङको १८ महिनाको छोरा आस्मीन थिङको घर नजिकै पोखरीमा डुबेर सोमबार मृत्यु भएको छ । खेल्ने क्रममा अचनाक डुबेकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

डडेलधुरा, गन्यापधुर गाउँपालिका-२ मेलमुडा बस्ने ५० वर्षीय मान बहादुर बोहराको सोही ठाउँस्थित रडुवा खोलामा नुहाउने क्रममा खोलाले बगाई सोमबार मृत्यु भएको छ ।

कन्चनपुर, बेलौरी नगरपालिका-३ बुटाबारी बस्ने निर्प बिकको छोरा ११ वर्षीय दिपेन्द्र बिकको सोही ठाउँस्थित चौहान खोलामा पौडी खेल्ने क्रममा डुबेर सोमबार मृत्यु भएको छ ।

रौतहट, देवाही गोनाही नगरपालिका-३ बस्ने ७० वर्षीया झलिया देवी ठाकुर सोही ठाउँस्थित पोखरीमा डुबेर सोमबार मृत अवस्थामा फेला परेकी छन् । शौच गर्न जान्छु भन्दै घरबाट निस्किएकी उनी नफर्केपछि उनको परिवारले खोजी गर्ने क्रममा मृत फेला परेकी हुन् ।